१५ माघ २०८१, मंगलबार | Wed Jan 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकको जिम्मेवारी खोसियो



१४ पुस । रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा लापरबाही गरेको भन्दै सरकारले केही कर्मचारी र सुरक्षाकर्मीलाई निलम्बन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईपीएस कोरिया शाखा, ग्वार्कोका प्रमुखलाई जिम्मेबारीबाट हटाइएको जानकारी दिएका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई थप अनुसन्धानका लागि गृह मन्त्रालय तानिएको छ । यस्तै, ललितपुरका प्रहरी प्रमुख सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत भएको छ ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीहरुको बैठकले घटनाका विषयमा छलफल गरेको थियो । घटना हुनुमा केही व्यक्तिको लापरबाही जिम्मेवार रहेको निष्कर्ष निकाल्दै जिम्मेवार व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय भएको हो । उक्त प्रदर्शनमा झडप हुँदा दुई जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : ३० बजे