२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा श्रीमान् र श्रीमती पक्राउ



काठमाडौं
१६ पुस । भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेकोे अभियोगमा श्रीमान र श्रीमतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका ७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भन्ने टिका कुमारी वली रहेका छन् ।
विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाईने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पु¥याई वेश्यावृत्तिको लागि आफैले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको
प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।