१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका लालबहादुर लामा १० करोड रुपैयाँभन्दा बढी रकम ठगी आरोपमा पक्राउ



१७ पुस । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवाहरूबाट १० करोड रुपैयाँभन्दा धेरै रकम ठग्ने ललितपुरका लालबहादुर लामा पक्राउ परेका छन् ।
उनले सुवास वाईबा, राजेश तुम्सीङ् मगर, दावा लामा लगायत युवाहरूलाई लिथुवानिया, क्यानडा, सिङ्गापुरलगायतका देशहरूमा आकर्षक तलबसहित रोजगारीमा लगाइदिने प्रलोभनमा पारि १० करोड रुपैयाँभन्दा धेरै रकम लिएर फरार भएको भन्दै उजुरी परेको थियो ।

पीडित युवाहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपी ललितपुरको कोन्जोसोम गाउँपालिका– १ का लालबहादुर लामालाई पक्राउ गरेको हो ।

उनले महाराजगञ्जमा सी स्टार ट्रेनिङ सेन्टर खोलेर बेरोजगार युवाहरूबाट पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिएका थिए । कतिपय युवाहरूलाई वैदेशिक रोजगारमा पठाउनै नसकेको र कतिपयलाई सिङ्गापुर पठाएकोमा त्यहाँको विमानस्थलबाटै फर्काएपछि युवाहरूले आफूहरू ठगिएको थाहा पाएका थिए ।

पक्राउ परेका लामाले प्रहरीसँगको बयानमा १० करोड रुपैयाँभन्दा धेरै लिएको स्वीकार गरेकाे र उनको ट्रेनिङ सेन्टरबाट नाै सय ९७ थान राहदानी बरामद भएको पनि अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।