१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जडीबुटीको गेस्टहाउसबाट अदालतबाट भागेका अभियुक्त कमल खड्का फक्राउ



१९ पुस । काठमाडौँ जिल्ला अदालतबाट बुधबार हतकडीसहित भागेका प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको छ।

थुनछेक बहसका लागि बुधबार दिउँसो अदालत पुर्‍याउँदा हतकडी नै लिएर भागेका ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक बारबिसे नगरपालिका–२ स्थायी घर भई हाल भक्तपुरको दुवाकोट बस्ने ३२ वर्षीय कमल खड्कालाई प्रहरीले आज बिहान काठमाडौँकै जडीबुटीबाट पक्राउ गरेको हो।

उनलाई महानगरीय प्रहरी वृत्त (महाराजगन्ज) र जिल्ला प्रहरी परिसर (टेकु) बाट खटिएको संयुक्त टोलीले खोजतलासका क्रममा जडीबुटीस्थित न्यु दोलखाली गेस्टहाउसमा फेला पारेको प्रहरीले जनाएको छ।

अभियुक्त खड्काले लगाएको हतकडी र थुनुवा ज्याकेट भने भक्तपुरको चाँगुनारायण–१ दुवाकोटस्थित उनको कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।