२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पर्यटनमन्त्री किराँतीविरुद्ध ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना माग गर्दै प्रहरीमा जाहेरी



१९ पुस । संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै उनी विरुद्ध काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत् जाहेरी दर्ता गरेका हुन् ।

मन्त्री किराँतीले पुस ४ गतेको एक कार्यक्रममा क्रिश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो । संविधान मान्दिन भन्ने देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने भन्ने भाषण गरेको र उक्त भाषणबाट जात जाती सम्प्रदाय र वर्गको धार्मिक प्रचार समेत गरेको भन्दै लुइँटेलले जाहेरी पठाएका हुन् । मन्त्रीले धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएको र उनले धार्मिक भावनामा आघात पुर्‍याएको जाहेरीमा दाबी गरिएको छ ।
मन्त्री किराँतीलाई पक्राउ गरी मुलुक अपराध संहिता २०७४ को दफा १५६ २ बमोजिम ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउन समेत जाहेरीमा माग गरेका छन् ।

 

 

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।