१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमफेदी-कुलेखानी-दक्षिकाली सडकखण्ड बन्द



२० पुस । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि सवारी आवागमन बन्द गरिएको छ ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने सो खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द रहने भएकाले सो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

हाल काठमाडौँसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौँ पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको छ । नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौं जान सकिनेछ ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।