६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रुपा सुनारमाथि जातीय विभेदको आरोपबाट सरस्वतीले सफाइ पाइन्



२० पुस । जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी काठमाडौंकी सरस्वती प्रधानलाई सफाइ दिएको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले शुक्रबार सकुन्तलामाथि लगाइएको आरोपमा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

२०७८ सालमा सामाजिक सञ्जाल नै तताउने गरी सार्वजनिक भएको उक्त घटनापछि त्यसबेलाका मन्त्री कृष्णगोपाल श्रेष्ठसमेत विवादमा तानिएका थिए। यो प्रकरणमा सरस्वतीविरुद्ध परेको मुद्दामा २०७८ असोजमा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सरस्वतीलाई १ लाख १५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो।

जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधान त्यसबेला धरौटी बुझाएर रिहा भएकी थिइन्। सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार प्रधानविरुद्ध मुद्दा दायर भएको थियो।

उता सरस्वती पक्षधरले रुपाविरुद्ध हालेको व्यक्तिको गोपनीयता भङ्ग र बेइज्जती मुद्दामा रुपालाई पनि न्यायाधीश कार्कीकै इजलासले सफाइ दिने फैसला गरेको छ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ३ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।