१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरणः औषधिका कारण मृत्यु नभएको रिपोर्ट



२२ पुस । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।

ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुङ्गाकी ९० वर्षीय जनमाया राईलाई मृत्यु हुनुभन्दा केही समयअगाडि लगाइएको सुईमार्फत दिइएको औषधिबाट ज्यान गएको आफन्तले दाबी गरेका थिए । तर औषधिका कारणले उनीहरूको मृत्यु नभएको छानबिनबाट पुष्टि भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज शर्माले बताए ।

उनका अनुसार दुवै बिरामी ९० वर्षीय राईलाई दम र खोकी थियो । सोही कारणले मृत्यु भएको रिपोर्ट आएको उनले रातोपाटीलाई बताए । यस्तै, ६८ वर्षीय नगरकोटी लिभर र फोक्सो संक्रमणको बिरामी रहेको रिपोर्ट आएको शर्माले उल्लेख गरे । उनले नगरकोटीको फोक्सोमा पिप जामेको कारणले मृत्यु भएको बताए । नगरकोटी र राई निमोनियाको उपचार गर्न अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।