२३ पुस । नेपालमा पनि कोभिड–१९ को सब–भेरियन्ट जेएन–१ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको जेएन–१ नेपालमा पहिलो पटक देखिएको बताएको हो ।
मन्त्रालयका अनुसार देशभर १६ वटा नमुना संकलन गर्दा ७ वटा नमुनामा जेएन–१ पुष्टि भएको हो । मन्त्रायलले उक्त भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन समेत अनुरोध गरेको छ । त्यस्तै सर्वसाधारणलाई भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुनसमेत आग्रह गरेको छ ।









प्रतिक्रिया