११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोंगबुका टिपरको ठक्करपछि यात्रुको मृत्यु, मोटरसाइकल चालक घाइते



२३ पुस । काठमाडौंको गोंगबुका टिपरको ठक्करपछि एक यात्रुको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक सडकमा बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएपछि सो घटना भएको हो ।
ठक्करको क्रममा मोटरसाइकलमा सवार काठमाडौं तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ६ : २६ बजे