२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘चित्रा’ हेरेर कलाकारले दिए ‘राम्रो’ प्रतिकृया



ललितखबर
२४ पुस

हुन त चलचित्र भवनमा प्रिमियर हेर्न जाने कलाकारले चलचित्रको प्रसंसा नै गर्छन् । सहकर्मीहरुको निम्तोमा चलचित्र हेरेपछि माइकमा चलचित्रको राम्रो पक्षको बखान गरेर मख्ख पार्ने गरेका छन् ।
सोमबार साँझ चलचित्र ‘चित्रा’ हेरेर कलाकारले राम्रो प्रतिकृया दिएका छन् ।

राजधानी काठमाडौंको एक चलचित्र भवनमा सोमबार साँझ चलचित्र ‘चित्रा’को कलाकार पत्रकार र शुभेच्छुहहरुमाझ प्रिमियर गरिएको थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल,दिपाश्री निरौलालगायत चलचित्रकर्मी सहभागी थिए ।

बोर्डका अध्यक्ष केसीले चलचित्र सन्देसमुलक भएको प्रतिकृया दिए । उनले चलचित्र रमाइलो लागेको बताए । गौरी मल्लले पनि चलचित्र हेरेपछि राम्रै लागेको बताइन् । उनले भनिन्, ‘वुवा र छोरीका कथा देखाइएको चलचित्रमा छोरीको आत्म सम्मानका लागि गरेको संर्घष राम्रो लाग्यो ।’
अभिनेत्री दिपाश्री निरौलाले जिवन्त अभिनय गर्ने सिम्रन खड्काको विशेष प्रसंसा गरिन् । भनिन्, ‘सबैको अभिनय मन प¥यो । राम्रो छ । अभिनय गर्ने कलाकार नेपाली कला क्षेत्रको लागि आवश्यक रहेको छ ।’
निर्देशक समेत रहेकी दिपाश्रीले खलनायक प्रमोद अग्रहरीको भुमिकाको समेत प्रसंसा गरिन् ।

कलाकार नरेश पौड्यालले सन्तोष अधिकारीको अभिनय हेर्दा डेव्यु चलचित्र भएपनि त्यस्तो नलागेको बताए । चलचित्रले इमोसनलाई राम्रोसँग प्रस्तुत गरिएको उनको भनाई छ ।
चलचित्र चित्रा’मा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा थापा, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरेको साथमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्र चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।

महेश पौडेलले छायाँकन गरेको चलचित्रमा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अष्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्रको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । चलचित्रको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

 

 

 

चलचित्रमा पार्श्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ४ : १६ बजे