११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पेप्सीकोलाबाट मोेवाइल चोरी अभियोगमा युवक पक्राउ



काठमाडौं
२४ पुस । काठमाडौंको पेप्सीकोलाबाट मोवाइल चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरीे घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका ९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त पसलबाट मंसिर १४ गते राति विभिन्न कम्पनीका २७ थान मोबाइल सेट तथा घडीहरू समेत गरी करिब ५ लाख ५२ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाडौं पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : २६ बजे