२५ पुस । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई बुधबार ८ वर्ष कैदको सजाय तोकेको हो ।
अदालतले सन्दीपलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद सजाय तोकेको हो । साथै अदालतले उनलाई तीन लाख रुपैयाँ जरिवाना तोकेको छ भने पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
यसअघि पुस १३ गते न्यायाधीश ढकालकै इजलासले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो । सन्दीपलाई १० वर्षभन्दा कम सजाय तोकिएकाले उनले थुनाबाहिर रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । ६ देखि १० वर्षभन्दा कम सजाय तोकिएका मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्चमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था छ ।








प्रतिक्रिया