२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक्टर’मा अभिनेता प्रदिप खड्कापछि आना शर्मा अनुबन्धित



२६ पुस । चलचित्र ‘एक्टर’मा अभिनेता प्रदिप खड्कापछि मुख्य भुमिकामा आना शर्मा अनुबन्धित भएकी छिन् ।
निर्माणपक्ष र आनाबीच चलचित्रका लागि कागजी संझौता भएको हो ।
आनाले ‘एक्टर’ हस्ताक्षर गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह निर्मातामा एनिस भुसाल छन् ।

यो चलचित्रको छायांकन केही महिनामा नै सुरु हुनेछ । चलचित्रलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।

चलचित्र ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ३ : ४३ बजे