११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको क्षेत्रपाटी र चितापोलमा विद्युत सर्ट भएर आगलागी



२७ पुस । राजधानीका दुई ठाँउमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी कुश्लेचौर डेरा गरी बस्ने ३० वर्षीय सुबिर द्रुतराजको कोठामा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी भएको छ ।
आगलागीपछि उनको डेरामा करिब ३ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
साथै भक्तपुरको सूर्यविनायक नगरपालिका १० चितापोलस्थित काठमाडौं महानगरपालिका ३२ महादेव स्थान बस्ने ४५ वर्षीय सुसिल ज्ञवालीको हिमालयन नेचुरल्स प्रालि कारखानामा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भएको छ । आगलागीपछि उनको कारखानामा करिब १७ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : २२ बजे