२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्यायाधीश गिरीकी पत्नी आरतीले गरिन् आत्मदाह प्रयास



२९ पुस । आत्मदाह गर्छु भन्दै सर्वोच्च अदालतभित्र छिरेकी न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेलगतै आरती पनि सर्वोच्च छिरेकी थिइन् ।

सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ शरीरमा पेट्रोल/मट्टितेल खन्याइन् । तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंमा उनले आफ्ना श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।