२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा  इनारमा खसेकी महिलाको जीवितै उद्धार   



१ माघ । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा प्रधानलाई इनारबाट निकालिएको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज कार्कीले इनारभित्र खसेकी प्रधानको जीवितै उद्धार गरिएको जानकारी दिए । प्रधानलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरी उपरीक्षक कार्कीले महिलाको शरीरमा सामान्य घाउचोट लागेको र अवस्था सामान्य रहेको बताए।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।