११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा दुई जना मृत फेला



३ माघ । काठमाडौंमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार महानगरपालिका १५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउस नजिक बागमती खोलामा एक एक जना मृत अवस्थामा फेला परेका हुन् ।
अन्नपूर्ण चोकको निर्माणाधिन भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका १ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । ्

सैलुङगेश्वरी गेष्ट हाउस मृत फेला परेका व्यीक्तको हालसम्म नाम, थर, वतन नखुलेका प्रहरीको भनाई छ । उनी अन्दाजी ३२ वर्षीय पुरुष रहेको र मंगलबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : २२ बजे