६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रमा अभिनेता दयाहाङको प्रतिश्पर्धा फेरि दयाहाङसँगै



ललितखबर
५ माघ । पछिल्लो समय रजतपटमा रंगमञ्चबाट आएका दयाहाङ राई, सौगात मल्ल,निश्छल बस्नेत र विपिन कार्कीहरु चम्केका छन् भने चकलेटी हिरोका रुपमा परिचित अनमोल, पल र प्रदिपहरु छायाँमा परेका छन् ।
पछिल्लो समय नेपाली चलचित्रमा चल्तीका नायकको अभाव छ । पल शाह बलत्कार मुद्धामा अल्झेका छन् । अलमोल केसी चलचित्र छड्केपछि गुमनाम छन् भने प्रदिप खड्काका पनि नयाँ चलचित्र बनेको छैन ।
यता रजतपटमा रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गरेका अभिनेता दयाहाङ राईको रजगज छ । नयाँ चलचित्र प्रर्दशन हुँदा दयाहाङको हो की होइन भनेर हेर्ने अवस्था छ । गएको बैशाख १ गते प्रर्दशन सुरु भएको चलचित्र ‘विहेपास’ र ‘जारी’ले प्रतिश्पर्धा गरेपछि फेरि माघ २५ गते उनकै अभिनय रहेको चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ एक आपसमा प्रतिश्पर्धा गर्ने भएका छन् ।
गएको कात्तिकदेखि नेपाली चलचित्र प्रर्दशन भएका हलहरु रित्ता छन् । अभिनेता निश्छल बस्नेतको चलचित्र ‘दिमाग खराव’ प्रर्दशन भएपछि हलमा दर्शकको भीड छैन ।
चलचित्र ‘हात्तीछाप’ मा दयाहाङसँगै अर्का अभिनेता सौगात मल्लको अभिनय हेर्न पाइने छ । चलचित्र कबड्डी सेरिज र दुई नम्बरीमा सफल दुई नायक रहेको चलचित्र हात्तीछापले रजटपटमा कमाल गर्ने चर्चा चलचित्रबृत्तमा छ । सार्वजनिक टिजरमा सौगातको लुक्सलाई चासोका साथ हेरिएको छ ।
यस चलचित्रमा दयाँहाङ अभिनेत्री उपसनासिंह ठकुरीसँग देखिनेछन् । चलचित्रमा विल्सनविक्रम राई, बेनिसा हमाल,बुद्धि तामाङ, विजय बराल,कमल मणी नेपाललगायको अभिनय रहेको छ । चलचित्रमा किरण नेपालीले निर्माण गरेका हुन् ।
उता चलचित्र ‘दयारानी’मा पनि दयाहाङ राईकै भुमिका छ । उनीसँगै अभिनेत्री दिया पुनको अभिनय रहेको छ । एक जिद्दी श्रीमान्को भूमिकामा देखिएका दयाहाङलाई लिएर सफल कलाकार माउसे गुरुङले डेव्यु निर्देशन गरेका हुन् । चलचित्रमा विजय बराल, प्रमिसा गुरुङ,पुस्कर गुरुङ, टिकाराम घलेलगायत पर्दामा देखिदैछन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ३८ बजे