६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशकले खोले चलचित्र ‘झिल्को’को कथा रहस्य



ललितखबर
५ माघ

कनेपाली चलचित्र निर्देशकहरु चलाख छन् । चलचित्रको कथासार दर्शकले पत्तो पाए हेर्न आउदैनन् कि भन्ने उनीहरुलाई चिन्ता हुन्छ । त्यसैले चलचित्रको पात्रहरु टिजर र ट्रेलर सार्वजनिक नभएसम्म गुपचुप राखिन्छ ।
चलचित्रको टिजर र ट्रेलर समेत चलाखीपुर्वक रोचक बनाइन्छ र दर्शकलाई हलसम्म तान्ने चलन छ ।
तर चलचित्र ‘झिल्को’कबा निर्देशक यादवकुमार भटट्राईले उल्टो काम गरेका छन् । विहीबार राजधानीकधो गुह्रेश्वरी मन्दिरमा आयोजित शुभ मुर्हुतमा सञ्चारकर्मी तथा पत्रकार बोलाएर कथाको रहस्य सुनाएका छन् ।
निर्देशक थापाले चलचित्र पछिल्लो पुस्ताले भोग्नु परेको सामाजिक सञ्जालको विकृत रुपबारे चलचित्र निर्माण गर्ने खुलासा गरे । चलचित्रमा वालकलाकार आयुषा ढकाल समेत अनुबन्धन गरेको कारण सामाजिक सञ्जालले वाल मनोबैज्ञानिक असरबारे चलचित्र केन्द्रित हुने लख काटिएको छ ।


चलचित्रमा रंगमञ्चमा सफल बनेका कलाकार सुनील पोखरेलसँगै बर्षा सिवाकोटी रहने जानकारी दिएको छ , साथमा कलाकारहरु, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा मुख्य भूमिकामा देखिनेछन् ।
चलचित्रको शुभमुर्हुतमा पुजापाठसंगै हवन गरिएको थियो । निर्देशक थापाले नरिवल फुटाउनुका साथै क्याप ठोकेका थिए ।

चलचित्रको छायांकन यही महिनाबाट सुरु हुनेछ । चलचित्रमा अरुण देव जोशी र कवि देव व्रतको संवाद तथा पटकथा, दीपक बज्राचार्यको छायांकन, आनन्द अधिकारीको गीत, चण्डी प्रसाद काफ्लेको संगीत रहने बताइएको छ ।

चलचित्रको शुभ मुर्हुत कार्यक्रममा मुख्य कलाकार सुनिल पोखरेल र अभिनेत्री बर्षा सिवाकोटी अनुपस्थित थिए । अभिनेत्री सिवाकोटी भारत भ्रमणमा रहेकोले अनुसिथ्त रहेको जानकारी दिइएको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : १० बजे