२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन



काठमाडौं
माघ ५ । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ ।
काठमाडौं उपत्यका अस्पताल सुन्धारामा उपचारका क्रममा बिहीबार राति वैद्यको निधन भएका हो ।

परिवारिक श्रोतका अनुसा उनी लामो समयदेखि मधुमेहबाट पीडित थिए । गायकको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।
भर्खरै मिर्गौला प्रत्यारोपण गराएका ७७ वर्षीय वैद्यलाई पक्षघातको समस्या थियो ।
वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।

उनले आफ्नो सांगीतिक र साहित्यिक करियरमा राष्ट्रिय गीत सम्मेलनबाट प्रथम पुरस्कार, छिन्नलता गीत पुरस्कार र अन्य धेरै पुरस्कार जितेका थिए।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाल संगीत तथा नाट्य प्रतिष्ठान नक्सालमा राखिनेछ भने दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उनका दुई छोरी र एक छोरा छन् ।

 

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : १९ बजे