१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


क्षेत्रपाटीको एक गोदाममा राजश्वको छापा, स्रोत नखुलेको दुई करोडसहित तीन जना पक्राउ



५ पुस । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीस्थित नरेश अग्रवालको गोदाममा छापा मारेर स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । बरामद रकम गन्ने काम हुँदैछ ।
अवैध विदेशी मुद्रा, हुण्डी र सुन कारोबारका संलग्न रहेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरी अनुसन्धान थालिएको ढंगानाले बताए । राजस्व अनुसन्धान विभागको टोलीले गोदनममा छापा मारेर उनलाई बिहिबार राती नै नियन्त्रणमा लिएको हो ।
विभागको टोलीले उनको घरमा छापा मारी २ करोड नगद जफत गरेको छ । यो रकम कति भन्ने कुरा गन्न भने बाँकी छ । केहिबेरमा प्रहरी र राष्ट्र बैंकका अधिकारीलाई राखेर रकम गन्ने काम गरिनेछ । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विभागले जनाएको छ । अग्रवालको घरबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।
ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो । अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।