६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘एक्टर’बाट चलचित्र क्षेत्रमा फर्कदै अभिनेता राजवल्लभ



५ माघ । चलचित्र ‘पर्खि बसेँ’बाट रजतपटमा प्रवेश गरेका यी नायक राजवल्लभ कोइराला चलचित्रमा फर्कदैछन् । राजवल्लभ कोइराला फिल्म ‘एक्टर’बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् ।
नायक प्रदीप खड्काको अनुबन्धन भएको चलचित्र ‘एक्टर’मा राजवल्लभ कोइराला पनि खेल्ने भएका छन् । यस चलचित्रमा अभिनेत्री आना शर्मा पहिले नै चलचित्र खेल्ने पक्का भएको छ ।
अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा राजन भुसालले निर्देशन गर्ने भएका छन् । चलचित्रमा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् । यस चलचित्रमा थमन कुमार भण्डारी निर्माता रहेका छन् भने सह निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् ।
चलचित्रको छायांकन केही महिनामा नै सुरु गर्ने बताइएको छ । फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ ।

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ४० बजे