६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री उपासना चलचित्रकर्मी नचिन्दा बनिन् हाँसोको पात्र



ललितखबर
६ माघ । समाजको ऐना हो कलाकार । जसले जीवन र जगत बुझेर दुरुस्तै अभिनय गरिदिन्छ । एउटा कलाकार कत्तिको बुझ्ने र जान्ने हुनुपर्छ भन्ने सिमा नै हुनु हुन्न ।
तर नेपाली चलचित्रमा अभिनय गर्ने कलाकार अरु त अरु आफ्नै कला क्षेत्रका चर्चित समकक्षीहरु समेत चिन्दैनन् भन्ने कुराको चरितार्थ भएको छ ।
नेपाली चलचित्रकी अभिनेत्री उपासनासिंह ठकुरीले नेपाली चलचित्रकी कलाकारहरुलाई नचिन्दा हाँसोको पात्र बनेकी छिन् ।
टेलिभिजन सो ‘द प्रकाश सुवेदी सो’मा उनले चर्चित अभिनेत्रीहरु विपना थापा,शर्मिला मल्ल,अरुणिमा लम्साल, निर्मल शर्मा,शिवहरी पौडेल,जीवन लुईटेल,भुवन चन्द,रमित ढुंगाना,बसुन्धरा भुसाल, विजय लामा, जल शाहलाई उनले चिनिनन् ।
अभिनेत्री ठकुरीले निरुता सिंह बाहेक कुनै कलाकारको नाम भन्न सकिनन् । उनले चलचित्र क्याप्टेनमा काम गरेकाले चिनेको बताएकी थिइन् ।
अभिनेत्री ठकुरीले कहिलेकाँही आफ्नै नाम समेत बिर्सलाजस्तो हुने स्प्रष्टिकरण दिइन् । धेरै कलाकारहरुलाई आफूले देख्ने गरेको उनको भनाई छ ।
उनले धेरै कलाकार नचिनेकोमा दर्शकहरुलाई गाली नगरिदिन अनुनय विनय गरेकी छिन् । सबैजसो कलाकार देखेको नाम समेत थाहा भए पनि भन्न नसकेको ठकुरीले बताइन् ।
एपी वान टेलिभिजनबाट प्रशारण भएको यस कार्यक्रममा सहभागी कलाकारहरुको यथेष्ट विवाद हुने गरेको छ । प्रस्तोता सुवेदीले कलाकारहरुलाई सम्बन्धित र असम्बन्धित प्रश्न सोधेर हैरान पार्ने गरेको भन्दै कलाकार सो कार्यक्रममा अतिथी बन्न तर्सने गरेका छन् । कतिपय विवादयसै कार्यक्रमबाट सुरु भई लामो समय चलचित्र क्षेत्रमा बहस र विवाद चर्कने गरेको छ ।
कतिपय कलाकार यस टेलिभिजन सोमा सहभागी हुन घरमा पढेर तयारी परेर मात्रै जाने गरेको खुललखुल्ला बताउने गरेका छन् ।
प्रस्तोता प्रकाश सुवेदी कलाकारहरुलाई प्रश्न सोधेर चिप्लाउने गरेकोले ‘चिप्लेटी अंकल’ समेत भन्ने गरेको सुनिन्छ ।

 

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ७ : १८ बजे