१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शोभा भगवतीमा हत्या गरेको अवस्थामा भेटियो शव



७ माघ । काठमाडौं शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो।
तनहुँको भिमाद नगरपालिका घर भई डेरा गरी बस्ने ५१ वर्षीया सफिना मियाँको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

मियाँको गत कात्तिक पहिलो साता नै हत्या भएको खुलेको प्रहरीले बताएको छ। भारतको मोतिहारी घर भई काठमाडौंको कालिमाटीमा बस्दै आएका ४३ वर्षीय इकराउल हक अन्सारी र मियाँ ‘लिभिङ टुगेदर’मा थिए। अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

घर वरपर गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।