१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हेटौंडामा पूर्वराजाद्वारा मन्दिर र गुम्बामा पूजा



७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाहले हेटौंडाको गुम्बा र मन्दिरमा पूजा गरेका छन् । आइतबार हेटौंडा आएका पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ को गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा पूजा गरेका हुन् ।

दिउँसो १ः३० बजेको समयमा मधेस प्रदेशबाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने मुख्य नाका चुरियामाई हुँदै आएका उनले हेटौंडा–१३ को ज्याङछुप्लीङ पोताल गुम्बामा बौद्ध धार्मिक परम्परा अनुसार पूजा गरेका हुन् भने हेटौंडा भुटनदेवी मन्दिरमा हिन्दु धार्मिक विधि अनुसार पूजा गरेका हुन् । गुम्बा र मन्दिरमा पूर्वराजा शाहको समर्थनमा सर्वसाधारणको बाक्लो मात्रामा भिड लागेको थियो भने राप्रपा र राप्रपा नेपालका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।