२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अखिल क्रान्तिकारीका महासचिव पुनले धम्की दिदै लेखे,‘आत्मघाती बम बन्न नपरोस्’



माघ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध अदालतले पक्राउ पुर्जी भएको खबर सार्वजनिक भएपछि महासचिव दिपेश पुनले आत्मघाती बम बन्न नपरोस् भन्दै धम्कीपूर्ण भनाई सार्वजनिक गरेका छन् ।
उनले सहयोद्वाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको भन्दै सामाजिक सञ्जालमा लेखेका हुन् ।

उनले सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियों अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? भन्दै प्रश्न गरेका छन् ।
पुन पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा समेत हुन् ।

उनले लेखेको स्टाटस यस्तो छ :
ए जिस्काएको रु हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियों अब नयाँ पुस्तालाई चेक गर्न खोजेको रुअरे हामी मर्न हिडेर संगसंगै सहयोद्वाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्वाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार।धेरै खेलेसी नथान है नाफाको जीन्दगी हो।कसैसंग मतलब छैन।आत्मघाती बम बन्न नपरोस् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।