२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नेपाली प्रतिश्पर्धी मेनुका इण्डियन आइडलको उत्कृष्ट १० मा प्रवेश



काठमाडौं । नेपाली प्रतिश्पर्धी मेनुका पौडेल इण्डियन आइडलको १४ औं सिजनको उत्कृष्ट १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टपटेनमा प्रवेश गरेकी हुन् ।
प्रतिश्पर्धी पौडेलले ‘अखियोमे ऐसा डाला’ ‘पान खाए सैया हमारो’ बोलको गीत गाएकी थिइन् । यस एपिसोडमा जज श्रेया घोषलले मेनुकाको गायकीको प्रशंशा गर्दै बधाई दिइन् ।
आइतबार प्रशारण भएको कार्यक्रममा चलचित्र ‘फाइटर’को प्रचारमा रहेका अभिनेता ऋतिक रोशन समेत सहभागी भएका थिए । ऋतिक सहभागीसँग नाचेका थिए । उनले लता मंगेशकरभन्दा फरक गीत सही ढंगले प्रस्तुत गरेको र आफूले मेनुकासँग यो अपेक्षा नगरेको बताइन् । पछिल्लो समय आइडलमा मेनुकाको स्वर लता मंगेशकरसँग तुलना भइरहेको छ ।
बटम थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० का मेनुका अटाउन सफल भइन् । उनी नेपाल आइडलको दोश्रो सिजनमा ११ औं स्थानबाट बाहिरिएकी थिइन् ।

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २२ बजे