३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नैकापमा ट्याङ्करले पैदलयात्रीलाई ठक्करपछि मृत्यु



८ माघ । काठमाडौंको नैकापमा ट्याङ्करले पैदलयात्रीलाई ठक्करपछि मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १४ नैकाप ओरालोस्थित सडमा कलंकीदेखि हेटौंडातर्फ जाँदै गरेको ना.७ ख २७८७ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ११ सतुंगल बस्ने ६५ वर्षीय महेन्द्र लाल दासको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल एपिएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।