२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण



९ माघ । सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ ।
सोमबार काठमाडौंमा वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको उपस्थितीमा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारीलगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।
लेखिक अधिकारीले पत्रकारितामा संलग्न हुँदा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई पुस्तकमा समावेश गरेको बताएकी छिन् ।
सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा उपन्यासकार सन्तोष श्रेष्ठले कमी कमजोरीकाबीच राम्रो कृति आएको बताए ।
क्ृतिको विमोचनपछि विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी, प्राडा अर्जुनदेव भट्टलगायतले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।
वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले संलग्न कृति र समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताए भने

कथाकार माया ठकुरीले आफूले कथामा भन्न खोजेको कुरा सरल भाषामा व्यक्त गर्नुपर्ने धारणा राखिन् ।
गीता अधिकारी ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याएकी हुन् ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ५ : ३१ बजे