६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री रेखा थापा सन्तान जन्माउन अमेरिकामा, दम्पतीले गरे ‘बेबी सावर’



ललितपुर
९ माघ । केही समयदेखि अभिनेत्री रेखा थापा र उनका श्रीमान् आफ्नो सन्तानको जन्म दिन अमेरिकामा पुगेका छन् ।
अमेरिकाको कोलोराडो स्प्रिङ्समा रहेका उनीहरुले एक समारोह आयोजना गरेर ‘बेबी सावर’ गरेका छन् ।
‘बेबी सावर’मा नजिकका आफन्तहरु जम्मा भएका थिए । त्यस जमघटमा केक काट्नुका साथै पारिवारिक भोज आयोजना गरिएको थियो भने जमघटमा सहभागीहरुले विभिन्न खेलहरु समेत खेलेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।
जमघटमा श्रीमान् ठकुरीले अभिनेत्री थापाको पेटमा किस गरेका थिए ।
आगामी फागुन २५ गते उनले निर्माण र अभिनय गरेको चलचित्र ‘उपहार’ प्रर्दशन हुँदैछ । । चिकित्सकले उनलाई माघ अन्तिम वा फागुन पहिलो सातामा सुत्केरी हुने मिति दिएका छन् । नेपालमा चलचित्र प्रर्दशनको समयमा उनी सन्तान सुख प्राप्त गरेर अमेरिकामै बस्ने योजनामा छिन् ।

 

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ७ : १२ बजे