१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु



१० माघ । भक्तपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। मंगलबार साँझ भक्तपुर नगरपालिका- १ चुनदेबीको आकाशे पुल नजिक सल्लाघारीबाट सूर्यविनायकतर्फ आँउदै गरेको बागमती प्रदेश ०२-०२२ प ८७३२ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्र ०२-०२१ प ९०३२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका युवकको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक नगरपालिका- ६ पाण्डुबजारका २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा गएराति मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए।

युवकको शव पोष्टमाटर्मको लागि भक्तपुर अस्पताल लगिएको छ। प्रहरी वृत्त जगातीबाट गएको अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले स्कुटी चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ९ घर भई हाल काठमाडौँ कपन बस्ने रोशन तामाङलाई पक्राउ गरेको छ।

उनलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पाठकले बताए।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।