६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कमेडी च्याम्पियनको घोषणा कार्यक्रममा टिम सदस्यहरुको प्रश्नोत्तरको लफडा



ललितखबर
११ माघ । राजधानीको एक पाँचतारे होटलमा आयोजित कमेडी च्याम्पियनको तेश्रो संस्करण घोषणा कार्यक्रममा अनौठो दृश्य देखियो ।
कार्यक्रममा पत्रकारले होइन अघिल्लो सिजनका प्रतिश्पर्धी एवं तेश्रो सिजनको टिममा बसेर काम गरिरहेका आर्दश मिश्रले प्रश्न सोध्न अघि सरे । उद्घोषकले मिश्रले प्रश्न गर्न लागेको पत्तो पाएपछि कार्यक्रमको प्रश्नोत्तर सेसन सकिएको घोषणा गरिहाले ।
होहल्लाकै बीच तेश्रो सिजनको टिमकै सदस्य मिश्र प्रश्न सोध्न अघि सरे अनि माइक लिएर बोलिहाले ।
उनले विचारहरुलाई मासु पसलमा मासु काटे झैं काट्ने गरेको आरोप लागाए ।
निर्देशक भण्डारीले आर्दश मिश्रको प्रश्नलाई प्रश्न नै नभएको जिकिर गर्दै गुनासो रहेको बताए ।
निर्देशक भण्डारीले ‘ तिमी कमेटी च्याम्पियनको तेश्रो सिजनको टिमकै सदस्य हौ’ भन्दै कार्यक्रममा प्रश्न नगर्नु पर्ने आशय व्यक्त गर्दै सम्झाए । उनले आर्दश मिश्रलाई तेश्रो सिजनको कन्टेन मेयरको जिम्मा दिएको समेत कार्यक्रममा जानकारी दिए । अनि भने, ‘तिमी तेश्रो सिजन सकिए पनि आफै जवाफ दिनु ।’
प्रश्नकर्ता मिश्रको मुखमा बुझो लाग्यो ।
कार्यक्रममा आर्दश मिश्रको सन्दर्भमा प्रश्नहरु प्नि उठेका थिए । अर्का पत्रकारले कार्यक्रमका निर्णायक सन्तोष पन्तले अघिल्लो सिजनका प्रतिश्पर्धी आर्दश मिश्रले सामाजिक विभेदको प्रसंगमा आरोप लगाएको भन्दै जवाफ मागेका थिए ।
जर्ज सन्तोष पन्तले प्रतिश्पर्धी आर्दश मिश्रले लगाएको आरोप झुटो भएको बताए । उनले, रिस उठेको बेला पण्डितले बेद पढ्दैन भने झैं प्रतिश्पर्धाबाट निस्कनु पर्दा रिस उठेको हुनसक्ने बताए । उनले सेनाको पोशाक र लाहुरे एउटै नभएको स्प्रष्टिकरण दिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : २७ बजे