काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । सातवटै प्रदेश गरि कुल १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धनले अन्य सबै प्रदेशतिर ‘क्लीन स्वीप’ गर्दा कोशीमा भने एमालेले आफ्ना एकजना उम्मेदवार जिताउन सफल भएको छ।
कोशीमा सत्ता गठबन्धनका दुईमध्य एक उम्मेदवार मात्रै बिजयी हुनुले ‘क्रस भोटिङ’ भएको देखाउँछ । कोशीमा कांग्रेसका कृष्णप्रसाद सिटौलाले ५२९२ मत ल्याएर जिते। उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो।
तर, कोशीबाटै उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की १०० मतभारले पराजित भइन्। एमालेकी रुक्मिणी कोइराला ५ हजार ८६ मतभार पाइन्। उनलाई राप्रपाको पनि साथ थियो।
बागमती
कांग्रेसः विष्णुकुमारी पुडासैनी(६६२२), जितजंग बस्नेत (६५३१)
एकीकृत समाजवादी : घनश्याम रिजाल (६५१२)
माओवादी केन्द्रः श्रीकृष्ण अधिकारी (६३८३)
गण्डकी
नेपाली कांग्रेसः किरणबाबु श्रेष्ठ (३८०८), पदमबहादुर परियार (३७७९)
माओवादी केन्दः मनरुपा शर्मा (३६६०)
कर्णाली
कांग्रेसः कृष्णबहादुर रोकाया (१५०)
माओवादी केन्द्र : विष्णुबहादुर विक (१४४)
एकीकृत समाजवादी : सावित्री मल्ल (१४४)
मधेश
कांग्रेस : आनान्दप्रसाद ढुंगाना (२६८)
जसपा : पुजा चौधरी (२८१)
लुम्बिनी
कांग्रेसः विष्णुकुमारी सापकोटा (५४३५)
माओवादी केन्द्रः झक्कुप्रसाद सुवेदी ( ५४३५)
सुदूरपश्चिम
कांग्रेसः बलदेव बोहरा (४३४७), नारायणदत्त भट्ट (४४१९)
माओवादी केन्द्रः रेणु चन्द (४४५३)
कोशी
कांग्रेस : कृष्ण सिटौला (५२९२)
एमालेः रुक्मिणी कोइराला (५०८६)








प्रतिक्रिया