६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गोर्खा वारियर’को राजधानीमा ट्रेलर सार्वजनिक



काठमाडौँ
११ माघ । राजधानीमा चलचित्र गोर्खा वारियरको ट्रेलर सार्वजनिक भएको छ । एक चलचित्र भवनमा चलचित्रको निर्माण टिमले कलाकार, प्राविधिक,पत्रकार संचारकर्मी तथा शुभेच्छुकसामु ट्रेलर सार्वजनिक गरिएको हो ।
२ मिनेट २६ सेकेण्ड लामो ट्रेलरमा सन् १९४५ सालमा मलाया युद्धमा नेपाली गोर्खा सेनाले लडेको दृश्य राखिएको छ ।
चलचित्रको ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।


चलचित्र निर्देशक मिलन चाम्स रहेका छन् भने रितेश चाम्स,विजय लामा,रेविका गुरुङ,सारा राई,कविता आले,शिशिर वाङदेन, रियर राईलगायतले अभिनय गरेका छन् । चलचित्रको निर्माता प्रशान्त थापा र सुस्मिता वाइबा रहेका छन् भने सहनिर्माता सुरेश राई र सहायक निर्माता ज्योतिराज राई, सुमी राई,निर्मला राई परिवेश र नितम राई रहेका छन् ।
चलचित्र गोर्खा वारियर प्रर्दशनअघि नै चर्चामा छ । नेपाली चलचित्र वेलायतमा रेडकार्पेट प्रिमियर आयोजना गरेपछि विश्वभर चर्चा भएको हो । चलचित्रले बाफ्टा अवार्डका लागि छनौट भएसँगै थप चर्चा कमाएको हो ।


वार जनराको चलचित्र भएकाले विश्वभरका दर्शकले हेर्ने निर्देशक मिलन चाम्सले ललितखबरसँग बताए । निर्देशक चाम्सले भने, ‘आउँदो फागुन ११ गतेबाट नेपालमा चलचित्र प्रर्दशन हुन्छ । त्यसपछि संसारभरका विभिन्न देशमा चलचित्र प्रर्दशन गर्नेछौं ।’
निर्देशक चाम्सले चलचित्र नेपाली,हिन्दी,अंग्रजी र कोरियन गरेर चार भाषामा निर्माण गरिएको उनले जानकारी दिए । नेपाली भाषामा चलचित्र तयार भएको छ भने हिन्दी अंग्रेजी र कोरियन भाषाको चलचित्रका लागि काम गरिरहेको उनको भनाई छ ।

 

 

 

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ३ : ०८ बजे