६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कर दिर्न मान्दैनन् कलाकार, बेला बेलामा हुन्छ लफडा



ललितखबर
१२ माघ । केही दिनअघि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले कास्कीको सिक्लेसमा भने, चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयमा हराएको भन्दै रोष प्रकट गरे ।
कार्यक्रममा निर्देशक आकाश अधिकारीले कर नै नआउने विषय सरकारी अधिकारीहरुले उठाउने गरेको विषय उठाए ।
सञ्चार मन्त्रालयले चलचित्र क्षेत्रलाई रमाइलो गर्ने विधाको रुपमा बुझ्ने गरेको कलाकार दिपाश्री निरौलाले गुनासो गरिन् । चलचित्रमार्फत संसारभर कला, संस्कृती र पर्यटनको प्रचार हुने भन्दै सरकारको लगानी जरुरी रहेको बहस हुने गरेको छ ।
बोर्डका अध्यक्ष केसी सरकारले कलाकारहरुले यथेष्ट कर बुझाउन नसकेकै कारण सरकारले लगानी नगरेको भन्दै बताउदै छन् । चलचित्र प्रर्दशनको लागि हलमा कर लगाउने सन्दर्भमा लामै बहस समेत भयो ।
पछिल्ला समय कलाकारहरुले सरकारलाई आकस्मिक लाभ कर बुझाउनु पर्दा चित्त दुखाए । कमेडी च्याम्पियनका विजेता भरतमणी पौडेलले सरकारले लगाएको आमस्मिक लाभकर मध्ये २५ लाख नगद र कारको गरेर जम्मा करिव ११ लाख बुझाउनु पर्दा चित्त दुखाए । आयोजकले समयमै कार र नगद नदिएको अनि कर काटेको गुनासो थियो ।
केही दिनअघि कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आयोजकले कर तिर्नु नपर्ने बताए । पुरस्कारलाई सरकारले आकस्मिक लाभ कर भएकाले यो कलाकार देखि सबै नागरिकले तिर्नु पर्ने प्रावधान छ ।
चलचित्रले पछिल्लो समय करोडौं आम्दानी गरिरहेको सार्वजनिक भइरहेको छ । तर चलचित्र क्षेत्रबाट कर भने सरकारले उठाउन सकेको छैन ।
बर्षभर करोडभन्दा धेरै कमाउने कलाकारहरुले समेत आयकर बुझाउने गरेका छैनन् ।

 

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : २५ बजे