६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मण्डला नाटकघरमा ‘मासिन्या’ नाटक मञ्चन



काठमाडौँ
१२ माघ । नाटक ‘मासिन्या’ को नियमित मञ्चन थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको छ । यही माघ २८ गतेसम्म चल्ने उक्त नाटकमा विभेदविरुद्धको सिर्जनात्मक हस्तक्षेपलाई प्रस्तुत गरिएको लेखक राजु स्याङ्तानले बताएका छन् ।
“नाटकले सुन्दर तामाङबस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा प्रस्तुत गर्छ, हामीले कथा र कवितामार्फत आवाज उठाउँदै आएका थियौँ, त्यो पर्याप्त नभएपछि नाटक तयार गरेका हौँ”, लेखक स्याङ्तानले भने । लेखक स्याङ्तानले मौलिकता बोकेको माटो, पीडाको कथा भन्न नाटकको माध्यम रोजेको बताए ।
तामाङ समुदायले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्यालाई समेटेर नाटक तयार पारिएको छ ।
अर्का लेखक लक्ष्मी रुम्बाले ‘मासिन्या’को रचनादेखि मञ्चन यात्राबारे जानकारी दिइन् । “तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि यसले टेवा पुग्ने विश्वास छ, यस नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ, नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न पाउनुहुनेछ”, लेखक रुम्बाले भनिन् ।

नाटकको निर्देशक तथा परिकल्पनाकार अभिनेता बुद्धि तामाङ र सोनाम लामा हुनुहुन्छ । यसमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इङ्गिहोपो कोइँच सुनुवारलगायत कलाकारको अभिनय गरिरहेका छन् । करिब ६० प्रतिशत तामाङ कलाकार रहनुभएको नाटक डेढ घण्टाको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : २२ बजे