१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बानेश्वरमा सार्वजनिक जग्गा मिचेर बनाएका घरमा महानगरको डोजर



१२ माघ । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा डोजर चलाएको छ। शुक्रबार बानेश्वरस्थित वडा नम्बर-१० को कार्यालय नजिकैको चार वटा पक्की घरमा महानगरले डोजर चलाएको महानगर प्रहरी बलका प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए।

उनका अनुसार ती घरहरूले सार्वजनिक जग्गा अतिक्रमण गरी केही संरचना बनाएका थिए।

आज दुइटा घरको बार्दली र दुइटाको पर्खालमा मात्र डोजर चलाएको उनले बताए। यदी उक्त संरचना नहटाए पुनः महानगरपालिकाले भत्काउने अर्यालको भनाइ छ।

पछिल्लो समय महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना हटाउने अभियान चलाउँदै आएको छ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।