२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रेखा भन्छिन्,‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’



१४ माघ । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी अभिनेत्री रेखा थापालाई अहिले उनकै पार्टीका नेताहरूले कटाक्ष गर्न थालेका छन् । शनिबार एक कार्यक्रममा बोल्ने क्रममा उनी केन्द्रीय सदस्य रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्थाका कारण अहिले एउटी आमा आफ्नो सन्तान नेपालमा जन्मियोस् भन्ने नचाहने गरेको उल्लेख गर्दै घुमाउरो रूपमा रेखाको उदाहरण दिएका थिए ।
त्यस्तै राप्रपाकै केन्द्रीय सदस्य रवीन्द्र मिश्रले मौका पायो भने कसैले छोड्दैन भनेका थिए । सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीको नेताहरूबाट आफू माथि कटाक्ष भएपछि अभिनेत्री रेखा भड्किएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले देशको माया हुनेले आफ्नो सन्तान अमेरिकामा किन राखेको भनेर प्रश्न समेत गरेकी छन् ।
उनले लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।