६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका रचना रिमाल चढेको गाडी दुर्घटना, ट्रकले दियो ठक्कर



१४ माघ । गायिका रचना रिमाल सडक दुर्घटनामा परेकी छिन् । आज नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेका हो ।
गायिका रिमाल सवार गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा रिमाल सवार गाडी क्षति पुगेको छ ।

दुर्घटनामा आफूसहित सबै यात्रु सकुशल रहेको रिमालले जानकारी दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आजै लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति भोलि हुने जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १ : २१ बजे