२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


एसिड पिडितहरुको कथामा चलचित्र ‘नमेटिने घाउ’, शुभमुर्हुतमा छछल्कियो पिडा (तस्विरहरु)



१४ माघ । राजधानीमा चलचित्र एसिड पिडितहरुको कथामा चलचित्र ‘नमेटिने घाउ’ निर्माणको शुभमुर्हुत गरिएको छ ।
पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलिले ‘एक्सन’ र ‘कट’ भन्दै चलचित्रको शुभमुर्हतको दृश्य खिचेसँगै चलचित्र निर्माणको घोषणा गरिएको छ ।
अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्ने चलचित्र एसिड पिडित मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । चलचित्रमा एसिड आक्रमणपछिको दृश्यमा मुस्कानले नै अभिनय गर्नेछिन् ।
मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ ।

जेनी खड्काशुभमुर्हुतपछि सहभागी एसिड पिडित मुस्कान खातुनले एसिड आक्रमणमा पर्नु भनेको असह्य पिडा भोग्नु पर्ने बताइन् । उनले आफूले आजीवन उपचार गर्नुपर्ने औषधि खानुपर्ने बताइन् । आफूले एसिड आक्रमणबाट पिडित बनेको कारण अनुहार लुकाएर हिड्न नहुने तर्क गर्दै उनले एसिड आक्रमण गर्ने व्यीक्तले चाही मुख लुकाएर हिड्नु जरुरी रहेको विचार व्यक्त गरिन् । ‘एसिड आक्रमणजस्तो जघन्य अपराधलाई समाजमा अनुहार देखाएर नै घटाउन सकिन्छ’ उनले भनिन् ।

कार्यक्रममा बोल्ने क्रममा अर्की एसिड आक्रमणपछि पिडित बनेकी बसन्ती परियारले आँशु खसाल्दै बच्चाले आफ्नोको अनुहार हेरेर सधै पिडा र आक्रोस व्यक्त गर्ने गरेको तीतो अनुभव सुनाइन् ।
आफू काठमाडौंमा कोठामा बसेर कष्ठकर जीवन धानिरहेको अनुभव बाँढ्दै एसिड आक्रमण गर्ने केही समय जेल बसेर घर फर्कने तर पिडित चाँही जीवनभर पिडा र रोग बोकेर बाँच्नुपर्ने दुखेसो पोखिन् । एसिड आक्रमणपछि पुरै परिवारले कष्ट भोग्नु पर्ने, निरन्तर मल्हम लागाउनु पर्ने र औषधि खानुपर्ने अवस्था आउने उनले पिडा सुनाइन् ।

एसिडपिडितलाई कागजीप्रकृया नपुगेको भन्दै औषधि उपचारको लागि सरकारले पैसा नदिने गरेको दुखद अनुभव सुनाउदा उनको आँखा रसाएका थिए ।
एसिड आक्रमणपछि भोगेको पिडा सुनाउने क्रममा जेनी खड्काले बाहिर हिड्दा मान्छे तर्सने, अनावश्यक सोधखोज गरेर पिडा दिने, रोजगारी नदिने अवस्था रहेको जानकारी दिइन् । उनले अस्पतालबाट उपचार गरे उनले अस्पतालबाट उपचार गरे घर फर्कने हरेक पिडितले घाउ खुम्चिदै जाने हुँदा फेरि शल्यक्रिया गर्नुपर्ने अवस्था आउने गरेको अवस्था सुनाइन् ।

उनले अस्पतालबाट उपचार गरे उनले अस्पतालबाट उपचार गरे घर फर्कने हरेक पिडितले घाउ खुम्चिदै जाने हुँदा फेरि अपरेसन गर्नु पर्ने अवस्था आउने गरेको अवस्था सुनाइन् ।

रामराजा थापा

एनले एसिड पिडितको उपचार खर्च धान्न मुस्किल रहेको अनुभव बाँडिन् । औषधि, डाक्टर फि र शैयाको शुल्क तिर्न सबैलाई समस्या रहेको रहस्य खोलिन् । प्रचारमा एसिड उपचारका लागि निशुल्क भनिए पनि पैसा नपाइने उनको अनुभव छ । आफू अस्पतालमै काम गर्ने भए पनि कागजी झण्झट दिएर पैसा नदिएको उनले सुनाइन् । एसिडले पोलेको घाउमा सधै मसाज र मल्हम सँगै औषधि खानु पर्ने हुँदा गरिव परिवारलाई बाच्न कठीन रहेको उनले बताइन् ।

मुस्कान खातुन

उनले एसिड पिडितको उपचार खर्च धान्न मुस्किल रहेको अनुभव बाँडिन् । औषधि, डाक्टर फि र शैयाको शुल्क तिर्न सबैलाई समस्या रहेको उनले रहस्य खोलिन् । प्रचारमा एसिड उपचारका लागि निःशुल्क भनिए पनि पैसा नपाइने उनको अनुभव छ । आफू अस्पतालमै काम गर्ने भए पनि कागजी झण्झट दिएर पैसा नदिएको उनले सुनाइन् । एसिडले पोलेको घाउमा सधै मसाज र मल्हम सँगै औषधि खानु पर्ने हुँदा गरिव परिवारलाई बाच्न कठीन रहेको उनले बताइन् ।
कार्यक्रममा एसिड आक्रमणबाट पिडित बनेका रामराजा थापाले पछिल्लो समय एसिडबाट पिडित बन्नेहरु घटे पनि नरोकिएको अनुभव बाँडे । आफ्ना दर्दनाक पिडा सुनाउने क्रममा भक्कानिएर बोल्न सकेनन् ।
कार्यक्रममा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलिले समेत चलचित्रमा अभिनय गर्ने जानकारी दिइएको थियो ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : २८ बजे