६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता सौगात मल्ल : पर्दामा डरलाग्दो, बाहिर भरलाग्दो



ललितखबर
१५ माघ । चलचित्र लुटमार्फत छाप छोड्न सफल अभिनेता पर्दामा जति क्रुर देखिन्छन्, पर्दा बाहिर साधारण छन् ।
बाहिर भेट्दा उनी चलचित्रको नायक जस्ता लाग्दैनन् । साधारण पोशाक, बालीचाली र हाउभाउ हेर्दा आममान्छेसँग भेटेको अनुभव हुन्छ ।


चलचित्र लुटमा सौगात ‘हाकु काले’को भेषमा पर्दामा उत्रिए । उनको नेवारी लवजसँगै क्रुरतालाई दर्शकले रुचाए । चलचित्र दुई नम्बरीमा उनी अर्का डरलाग्दा शिकारी बनेर पर्दामा झुल्किए । जुन चलचित्र सफल पनि बन्यो ।
पछिल्लो समय चलचित्र हात्तिछाप र अगस्त्यमा पनि अभिनेता सौगात उस्तै चरित्रमा देखिदै छन् । सार्वजनिक टिजर र ट्रेलरमा उनी एक्सन अवतारमा फेरि एक पटक उदाएका छन् ।
हुन त अभिनेता सौगातका अरु चरित्रमा समेत चलचित्रमा झुल्केका छन् । तर उनका एक्सन चलचित्रमा जहिल्यै जमेका छन् ।


चलचित्रमा सौगातका चरित्र फरक र यतार्थपरक भएकाले नै होला । सर्वाधिक रुचाइएका छन् । उनी हरेक चरित्रमा फरक भूमिकामा देखिन्छन् अनि छाप छोड्छन् ।
चलचित्र अगस्त्यमा उनी दक्षिण भारतीय चलचित्रमा झैं लडाई झगडामा उत्रेका छन् । चलचित्रमा बोटल राजाको रुपमा महिलालाई घृणा गर्ने डरलाग्दो पात्रको एपमा उतारिएको छ । जुन चलचित्र धेरै दर्शकले हेर्न ढुकेर बसेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ३ : ५६ बजे