२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धादिङमा गुडिरहेको बसमा आगो लाग्यो



१६ माघ । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । मंगलबार बिहान करिब साढे २ बजे लु१ख ९१९० नम्बरको यात्रीवहाक बसमा आगो लागेको प्रहरीले जनाएको छ ।

उक्त बस भैरहवाबाट काठमाडौंतर्फ आउँदै थियो । गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बायाँ ‘साइड’मा क्षति पुगेको छ ।

आगलागीका कारण बस नचल्ने अवस्थामा पुगेको छ । डिक्कीमा राखिएको सामान जलेर क्षति भएको छ । यात्री कसैलाई केही नभएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।