४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन



१६ माघ । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । दैनिक पेशी सूचीका लागि गाेला तानेर इजलासमा पुग्नासाथ उनी ढलेकाे र नेशनल हस्पिटल कलंकीले हृदयाघातका कारण उनको निधन भएको जानकारी दिएकाे छ ।

अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटनमा हाजिर भएका थिए । गाेला तानेको केही क्षणमा यस्तो घटना भएको न्यायिक इतिहासमा पहिलो घटना भएको बताइएकाे छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : ४१ बजे