६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट



मनाङ
१६ माघ । चलचित्र ‘खुस्मा’ मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो ।
हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी चलचित्रमा पहिलो पटक एकसाथ देखिएको निर्माण पक्षको भनाइ छ ।

यस चलचित्रलाई नव निर्देशक अशोक थापा मगरले निर्देशन गरेका हुन् । मनाङमा १० दिन विभिन्न स्थानको दृश्य खिचेर निर्माण युनिट रुकुम जाने बताइएको छ ।
यस चलचित्रमा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई, सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहेका छन् ।

यस चलचित्रमा एस डी योगीको सङ्गीत र दीपक बज्राचार्यले छायाङ्कन गर्नेछ न्। चलचित्रमा अस्तित्व भट्टचन, खड्कबहादुर पुन, अरुण मगरलगायत कलाकारको पनि अभिनय रहने बताइएको छ ।
एम मिडिया प्रालिको ब्यानरमार्फत निर्माण भइरहेको चलचित्रलाई गोविन्द शाही वितरक रहेका छन् ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ३ : २० बजे