१७ माघ । काठमाडौँ, भक्तपुर जिल्लामा मंगलबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-३ माटिखेल बस्ने निर्मल लामाको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रुपैयाँ, सुनको विभिन्न गहना र घडी समेत गरी करिब २१ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जे ढुंगेल गाउँ बस्ने रामकृष्ण श्रेष्ठको घरबाट कोही नभएको अवस्थामा नगद २० हजार, हिरा, सुन र चाँदीका विभिन्न गहना, थाली, करुवा, कचौरा समेत गरी करिब ६ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
१७ माघ २०८०, बुधबार
18
Shares
प्रतिक्रिया