२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पत्रकार महासंघको कार्यालयमा अर्को पत्रकार संगठन गर्यो तालाबन्दी



काठमाडौं
१७ माघ । नेपाल पत्रकार महासंघको कार्यालयमा अर्को पत्रकार संगठनले ताल्चा लगाएको छ ।
जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो । काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेर महासंघको सदस्यता पाउने अधिकार खोसेको भन्दै संगठनले बुधबार प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।

संगठनका उपत्यका प्रदेश संयोजक शोभराज बरालको नेतृत्वमा गएको टीमले कार्यालयको मुलगेटमा तालाबन्दी गरेको हो ।
संगठनले तत्काल प्रदेशले गरेको सदस्यता स्थगन फुकुवा गरेर निष्पक्ष छानविन गरी सदस्यता दिलाउन माग गरेको छ । नेपाल पत्रकार महासंघले गएको बैशाखमा नयाँ सदस्यता आह्वान गरेको भएपनि मापदण्ड पुगेका पत्रकारलाई आवेदन दिन महासंघले आनाकानी गर्दै सिंडिकेट लाद्न खोजेपछि संगठनले तालाबन्दी गर्नुपरेको संयोजक बरालको भनाई छ ।

महासंघको सदस्यता विवाद पनि जिल्ला शाखाले आफू निकटका पत्रकारको नाम छनोट गरी प्रदेशमा पठाएको थियो । प्रदेशले जिल्ला पठाएको नामावली चित्त नबुझेको भन्दै नयाँ सदस्यता आवेदन दिएका पत्रकारहरुको सदस्यता स्थगन गरेको थियो ।
बरालले नयाँ सदस्यताका लागि काठमाडौं जिल्ला शाखाबाट आवेदन दिएका ६ सय ३७ जनाकै एकएक फाइल खोलेर छानविन गर्न जोडदार माग गरेका छन् । ‘महासंघको विद्यान अनुसार मापदण्ड पुगेका पत्रकारले सदस्या पाउनुपर्छ । त्यो उनीहरुको अघिकार हो ।’, तालाबन्दी पछि पत्रकारहरुसँग बरालले भने, ‘पत्रकारहरुको हक अधिकार सुचिश्चित गर्न स्थापना भएको महासंघले नै उनीहरुमाथि अन्याय गरेको छ । यो अन्यायविरुद्ध जनपत्रकार संगठन नेपालले महासंघमा तालाबन्दी लगाएको हो ।’

संगठनले आफ्ना मागहरुमाथि व्यवास्था गरे आफूहरु थप संघर्षका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ । संगठनले यसअघि विभिन्न माग राख्दै प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । तालाबन्दीमा संगठनका २५ जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।