२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता दयाहाङ राईले अब एक वर्ष फिल्म साइन नगर्ने



१८ माघ । कामको अत्याधिक चापले अभिनेता दयाहाङ राईले एक वर्ष साइन नगर्ने बताएका छन्। बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै राईले अभिनय गर्नुपर्ने फिल्महरु थुप्रै भएकाले आफूले एकवर्ष अब साइन नगर्ने सुनाए।
‘अब एकवर्ष फिल्म साइन गर्दिन। मैले ५ वटा घोषणा हुन बाँकी फिल्ममा साइन गरिसकेको छु। ती फिल्ममा काम गरेपनि अन्य फिल्ममा भने साइन नगर्ने सोच बनाएको छु। साथीभाइ भन्दाभन्दै धेरै फिल्म थुप्रिएछ’ उनले भने।
यसअघि गत वैशाख १ गते दयाहाङकै दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ पनि एकैदिन जुधेका थिए।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।