१९ माघ । भक्तपुरको सानोठिमी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मध्यपुर ठिमी नगरपालिका २ सानोठिमीस्थित सडकमा प्रदेश नम्बर ३ ०२ ००७ प १६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा चालक दोलखा शैलुङ गाउँपालिका ७ घर भई हाल भक्तपुर बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
१९ माघ २०८०, शुक्रबार
188
Shares








प्रतिक्रिया