५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बद्री पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ (भिडियाे)



१९ माघ । बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको चोली फेर्ने मायाको म्युजिक भिडिओ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडिओ सार्वजनिक गरिएको हो।
सार्वजनिक समारोहमा बोल्दै गायक बद्रि पंगेनीले आजभोलि गीत नहेर्ने, सेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे। उनले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गरे।
कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताए। लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने बताए। कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरूबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताए। गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।